विभिन्न अभियोगमा जेल जीवन विताएका रुसीलाई युक्रेन युद्धमा परिचालन गरिने « Khabarhub

विभिन्न अभियोगमा जेल जीवन विताएका रुसीलाई युक्रेन युद्धमा परिचालन गरिने


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले लागू औषधसहित विभिन्न अभियोगमा जेल परेर छुटेका व्यक्तिहरुलाई कानुनमा परिवर्तन गरेर युक्रेनमा लड्न अनुमति दिइएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनल गम्भीर अपराधमा दोषी ठहरपछि जेल जीवत विताएर छुटेका पुरुषहरूलाई युक्रेन युद्धमा परिचालन गर्न लागेका हुन्। बालबालिका विरुद्धको यौन अपराध वा आतंकवादको अभियोगमा सजाय पाएका पूर्व कैदीलाई भने सेवाबाट बञ्चित गरिने भएको छ।

रुसी सेनाले युद्ध अपराधहरू गरेका र सर्वसाधारण मारिएका युक्रेनसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले सेप्टेम्बरमा रिपोर्ट गरेको थियो। रिपोर्टअनुसार केही सैनिकले लिंगमा आधारित हिंसा गरेका थिए।

युक्रेन आफैंले रुसी सेनाद्वारा हजारौं सम्भावित युद्ध अपराधहरू पहिचान गरेको बताएको छ। रुसले जानाजानी नागरिकमाथि आक्रमण गरेको अस्वीकार गर्दै युक्रेनी सेनाले देशको पृथकतावादी-नियन्त्रित क्षेत्रहरूमा नागरिकहरूलाई तोपखानाले निशाना बनाएको आरोप लगाएको छ, जसलाई किभले अस्वीकार गरेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ४६ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका