पिकेको बिदाइ खेलमा बार्सिलोनाको जित « Khabarhub

पिकेको बिदाइ खेलमा बार्सिलोनाको जित


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रक्षक जेरार्ड पिकेको बिदाइ खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा अल्मेरियालाई २-० अन्तरले पराजित गरेको छ।

घरेलु मैदान नोउ क्याम्पमा पिकेको कप्तानीमा उत्रिएको बार्सिलोनाको जितमा औसमाने डेम्बेले र फ्रान्कि डि जोङले समान एक -एक गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए।

बार्सिलोनाको एकेडेमी खेलाडी पिकले म्यानचेस्टर युनाइटेडमा चार वर्ष बाहेक सबै समय क्याटलान क्लबमै व्यतित गरेका थिए। उनले ३५ वर्षको उमेरमा अघिल्लो दिन संन्यास लिग घोषणा गरेका थिए। बार्सिलोनामा रहँदा उनले च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको गरी ३० उपाधि जितेका थिए।

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल मड्रिडभन्दा दुई अंक माथि रहेको छ। एक खेल कम खेलेको रियलको ३२ अंक छ। पराजित अल्मेरिया १३ खेलबाट समान अंकसहित १५औं स्थानमा छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ४२ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा