हाल्यान्डको पेनाल्टी गोलमा सिटीको जित « Khabarhub

हाल्यान्डको पेनाल्टी गोलमा सिटीको जित


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एर्लिङ हाल्यान्डको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमलाई २-१ अन्तरले पराजित गरेको छ ।

शनिबार राति घरेलु मैदान इतिहादमा पहिलो हाफमै १० खेलाडीमा सिमित भएपछि सिटी दवावमा आएको थियो । फुलहमले पहिलो हाफमै १-१ गोलको बराबरी गरेपछि प्रशिक्षक पेप ग्वार्डिओलाले हाल्यान्डलाई मैदान पठाएका थिए । इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै हाल्यान्डले जित दिलाए ।

यसअघि १७औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा सिटीका जोआओ कान्सेलोले ह्यारी विल्सलाई लडाएपछि फुलहमले पेनाल्टी पायो । सिटी १० खेलाडीमा सिमित भयो । सोहि पेनाल्टीलाई २८औं मिनेटमा आन्द्रेस पेरीराले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए ।

जितसँगै सिटी १३ खेलबाट ३२ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फुलहम १९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

राति नै भएका अरु खेलमा एभर्टनलाई लेस्टरले २-० ले, ब्राइटनले उल्भ्सलाई ३-२, लिड्सले बर्नामाउथलाई ४-३ ले पराजित गर्दा नटिंघम फोरेस्टले ब्रेन्फोर्डसँग २-२ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ०६ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’