कांग्रेसको सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा सदस्य थप « Khabarhub

कांग्रेसको सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा सदस्य थप


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत रहेको निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको संयोजकत्वमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा आज तीन सय ७३ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सूचना सङ्कलन तथा अनुगमन गर्नका लागि निर्माण गरिएको उपसमितिको सहसंयोजकमा कांग्रेस केन्द्रीय कार्यालयका पूर्वमुख्यसचिव डा शोभाकर पराजुली र सदस्यसचिवमा अधिवक्ता लक्ष्मी दाहाल रावललाई जिम्मेवारी दिएको छ । कांग्रेसले यसअघि पार्टीका प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : १३ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,