कांग्रेसको सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा सदस्य थप « Khabarhub

कांग्रेसको सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा सदस्य थप


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत रहेको निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको संयोजकत्वमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा आज तीन सय ७३ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सूचना सङ्कलन तथा अनुगमन गर्नका लागि निर्माण गरिएको उपसमितिको सहसंयोजकमा कांग्रेस केन्द्रीय कार्यालयका पूर्वमुख्यसचिव डा शोभाकर पराजुली र सदस्यसचिवमा अधिवक्ता लक्ष्मी दाहाल रावललाई जिम्मेवारी दिएको छ । कांग्रेसले यसअघि पार्टीका प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : १३ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत