सर्पको डसाइबाट भारतमा वर्षमा ६४ हजारको मृत्यु | Khabarhub Khabarhub

सर्पको डसाइबाट भारतमा वर्षमा ६४ हजारको मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ।

भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचार अनुसार यहाँ हरेक वर्ष ६४ भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको छ।

भारतमा गत वर्षमात्र सर्पले टोकेर ६४ हजार एक सय जनाको ज्यान गएको थियो। विश्वका विभिन्न २१ देशका अनुसन्धानदाताहरु सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा हरेक वर्ष ७८ हजार छ सय जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ। भारतमा मात्र ६४ हजार जना भन्दा बढी रहेका देखाइएको छ।

भारतको पनि उत्तर प्रदेशमा सबैभन्दा धेरै मानिसको सर्पको डसाइबाट मृत्यु हुने गरेको छ। यस प्रदेशमा मात्र १६ हजार भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको सो अनुसन्धानले देखाएको छ।

त्यसपछि भारतको मध्य प्रदेशमा धेरै मानिसको ज्यान जाने गरेको छ। भारतको मध्य प्रदेशमा पाँच हजार सात सयको ज्यान गएको थियो। त्यसपछि भारतको राजस्थानमा पाँच हजार तीन सय जनाको सर्पले डसेर ज्यान गएको थियो।

संसारमा प्रति एक लाख जनामा ०.८ जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ। भारतको तुलनामा यो निकै थोरै हो। यता भारतमा प्रति एक लाख जनामा चार जनाको सर्पको डसाइबाट ज्यान जाने गरेको तथ्याङ्क भेटिन्छ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ३४ बजे

कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित

काठमाडौं– प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालनका लागि सत्तासाझेदार नेपाली कांग्रेस र

ललितपुर महानगरपालिकाले थाल्यो अनधिकृत संरचना हटाउन (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत

गैरआवासीय नेपालीको गुनासो- मालपोतले समेत नचिन्ने नागरिकताको के काम ?

काठमाडौं- गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट

सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका- खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको हुन सक्छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु