प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो ।

कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए । ९६ बल खेलेका उनले पाँच छक्का र चार चौका प्रहार गर्दै ७० रनको योगदान दिएका हुन । त्यसैगरी सुवास ऐरले २४ रन बनाए भने हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशी एक्लैले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट लिए । त्यस्तै गजेन्द्र बोहोराले दुई विकेट लिदाँ मिलन बोहोराले एक विकेट झारे । सुदूरपश्चिम अहिले जबाफी ब्याटिङमा उत्रेको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १ : ४८ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन