प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गोदावरी– प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । आज धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरिरहेका छन् । 

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार प्रधानमन्त्री देउवाले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिएका थिए । प्रधानमन्त्री देउवाले नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा सशक्त रूपमा खट्न निर्देशन दिएको सचिव सुनारले जानकारी दिए । सुनारले प्रधानमन्त्री देउवा चुनावमै केन्द्रित रहेर कार्यकर्तासँग छलफलमा व्यस्त रहेको बताए ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै रहनेछन्। धनगढीमा रहँदा प्रधानमन्त्रीले चुनावी सभालाई सम्बोधन गर्ने औपचारिक कार्यक्रम भने नरहेको जनाइएको छ ।

प्रधानमन्त्री देउवाले बुधबार दार्चुला र बैतडीमा हुने गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : ०५ बजे

आदिकवि भानुभक्तकाे जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू) 

काठमाडौं– नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्त आचार्यको जन्मजयन्ती आज

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ

सिरहा– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी