कतार विश्वकपका लागि छनौट भएका रेफ्रीले १० खेलाडीलाई रातो कार्ड देखाएपछि… « Khabarhub

कतार विश्वकपका लागि छनौट भएका रेफ्रीले १० खेलाडीलाई रातो कार्ड देखाएपछि…


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आसन्न कतार विश्वकपका लागि छनौट भएका अर्जेन्टाइन रेफ्रीले आफ्नो पछिल्लो खेलमा १० खेलाडीलाई रातो कार्ड देखाएका छन् । अर्जेन्टिनाको च्याम्पियन्स ट्रफीको फाइनल खेलमा अर्जेन्टाइन रेफ्री फासुन्डो टेलोले १० खेलाडीलाई रातो कार्ड दिएका हुन् । बोका जुनियर्स र रेसिङ क्लबबीचको खेलमा टेलोले १० जना खेलाडीलाई रातो कार्ड दिएका हुन् ।

निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको अन्तिममा रेसिङ क्लबका कार्लोस अल्काराजले गोल गरेसँगै खेल निकै तनावपूर्ण बनेको थियो ।

अल्काराजले बोका जुनियर्स समर्थक अगाडि गएर निर्णायक ‘गोल सेलिब्रेट’ गरेसँगै बोकाका खेलाडिहरुले उनको कान समातेर तानेका थिए । त्यसपछि खेल अझ तनावपूर्ण बनेको थियो ।

तनावपूर्ण अवस्थाबीच खेलका रेफ्री टेलोले बोकाका ५ जना खेलाडीलाई रातो कार्ड देखाएका थिए । समग्रमा खेलमा बोकाका ७ र रेसिङका ३ खेलाडीले रातो कार्ड पाएका थिए ।

यसअघि खेलको पहिलो हाफमा बोकाका लागि नोर्बेर्तो ब्रियास्को र रेसिङका मातियास रोहासले गोल गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ४ : ०९ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा