प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको  खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो । कर्णालीले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रन जोडे भने शेर मल्लले अविजित ३४ रन बनायो । राजु रिजालले अविजित २४ रन बनाए भने टेक रावलले १८ रन बनाए ।

कर्णालीका रवीन्द्र शाहीले ३ तथा दिवन पुनले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर एक बलमा अलआउट हुँदै एक सय ५० रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ७० रनको अर्धशतकीय इनिङ खेले । सुवास एयरले २४ रन बनाए । हिमान्सु शाही १२ रनमा आउट भए ।

सुदूरपश्चिमका नारायण जोशीले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट तथा गजेन्द्र बोहराले दुई विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिमको यो सान्त्वना जित हो । समूह एकको सुदूरपश्चिमले चार खेलमा दुई अंक जोडेको छ । यता कर्णालीको यो लगातार तेस्रो हार हो । कर्णाली तीन खेलमा अंकविहीन रहँदै पुछारमा रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ५ : २२ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको