निर्वाचनको सन्देशबाहक बन्न कलाकारलाई प्रमुख आयुक्तको आग्रह « Khabarhub

निर्वाचनको सन्देशबाहक बन्न कलाकारलाई प्रमुख आयुक्तको आग्रह


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियानकर्मीको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गरेका छन् ।

निर्वाचनका सन्दर्भमा आयोगले कलाकारहरूसँग गरेको अन्तक्र्रियामा प्रमुख आयुक्त थपलियाले निर्वाचनको माहौल निर्माण र निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारहरूले खेलेको भूमिका प्रभावकारी हुने बताएका हुन् ।

उनले कलाकारहरूले आफ्ना सामाजिक सञ्जालबाट निर्वाचन र मतदाता शिक्षाका सन्देशहरू प्रवाह गरेर तथा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहेर मुलुक र लोकतन्त्र जोगाउने सङ्कल्प बोकेको निर्वाचन सफल बनाउन व्यावसायिक र रचनात्मक योगदान दिने अपेक्षा पनि व्यक्त गरे ।

‘निर्वाचनलाई दूषित पार्ने प्रचारको डर आयोगलाई छ । यसप्रति आयोग सजग छ’, ‘नो नट एगेन’ का सम्बन्धमा कलाकारले राखेको जिज्ञासामा प्रमुख आयुक्त थपलियाले भने, ‘लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई मिसाएर हेर्न हुँदैन भन्नेमा आयोग स्पष्ट छ । त्यसैले लोकतन्त्रको सुन्दर तलाउमा दुष्प्रचारको ढुङ्गा नहानिदिनोस् । सभ्य भाषामा कसलाई मत दिने र नदिने भनेर खुलारूपमा भन्न सक्नुहुन्छ, अँध्यारो कुनामा बसेर लाञ्छित र गालीगलौज गरिरहनुपर्दैन भन्ने मात्रै आयोगको आग्रह हो ।’

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : २९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना