तीन जिल्लामा टेलिकमको फाइबर सेवा अवरुद्ध | Khabarhub Khabarhub

तीन जिल्लामा टेलिकमको फाइबर सेवा अवरुद्ध


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल टेलिकमको अप्टिकल फाइबर लिङ्कमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिङ्कमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा टेलिफोन सेवा अवरुद्ध भएको हो ।

फाइबर सेवा अवरुद्ध भएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार समस्यामा परेका छन् ।

दिक्तेलबाट करिब २१ किलोमिटर टाढा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिङ्कमा खराबी आएको र प्राविधिक टोलीलाई त्यसतर्फ खटाइसकिएको नेपाल दूर सञ्चार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए ।

‘फाइबर सेवामा खराबी आएपछि दिक्तेलबजारमा बाइपास सेवा खुला गरिएको छ’, उनले भने, ‘दिक्तेलबाट खटाइएको प्राविधिक टोली खराबी आएको ठाउँमा पुगिसकेकाले आज साँझसम्ममा पुनःसञ्चालनमा आउने अपेक्षा गरिएको छ ।’

पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधिको सेवा दिन टेलिकमले गत वर्षको चैतदेखि फाइबर सेवा सञ्चालनमा ल्याएको थियो । टेलिकमले सञ्चालनमा ल्याएको कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइबर प्रविधिको इन्टरनेट द्रुतगतिमा चल्ने भएपछि सेवाग्राहीसमेत लाभान्वित भएका थिए ।

दश स्थानीय तह रहेको जिल्लामा अहिले एनसेल मोबाइल र अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट भने सञ्चालनमा रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा पर्दै आएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ३९ बजे

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव

बेइजिङ- चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती

बीपी प्रतिष्ठानलाई जोगाउने कडी : इमानी र साहसी नेतृत्व 

स्वास्थ्य शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा

रिटर्नीहरुसँग प्रचण्डले भने-  अहिले देशको राजनीतिमा उतारचढाव छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका

काठमाडौंमै चर्को गर्मी (तस्बिरहरू)

काठमाडौं– देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि