विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई आयोगले साेध्याे स्पष्टीकरण « Khabarhub

विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई आयोगले साेध्याे स्पष्टीकरण


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसाल विरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

सिंहलाई ऊर्जामन्त्रीले गरेका जलविद्युत् क्षेत्रका गलत क्रियाकलापहरू भनी १० बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको भन्ने जानकारीका आधारमा स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

उक्त दफाको खण्ड (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : ०५ बजे

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज– यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब ३० प्रतिशत

असार मसान्तभित्र प्राथमिकताका विधेयक संसद्‍मा ल्याउँछौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्काल निर्माण

औद्योगिक उत्पादन सूचकांकमा सामान्य सुधार, चिनी र वनस्पति तेलको मुख्य योगदान

काठमाडौं–  नेपालको औद्योगिक उत्पादन सूचकांक १३२.० पुगेको छ ।  राष्ट्रिय

लस्कर–ए–तोइबाका संस्थापकविरुद्ध भारतद्वारा मुद्दा दर्ता

नयाँ दिल्ली- भारतको आतंकवाद विरोधी निकाय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)

दक्षिणी युरोपमा डढेलोको कहर, ग्रिसमा विषाक्त धुवाँको चेतावनी

एथेन्स- पोर्चुगल, ग्रिस र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाने जोखिम