ऊर्जामन्त्रीविरुद्ध लेखेको भन्दै विद्युत नियमन आयोगका अध्यक्षलाई स्पष्टीकरण « Khabarhub

ऊर्जामन्त्रीविरुद्ध लेखेको भन्दै विद्युत नियमन आयोगका अध्यक्षलाई स्पष्टीकरण


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह विवादमा तानिएका छन्।

ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सिंहले सामाजिक सञ्जालमा पोष्ट गरेको पाइएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो।

सिंहलाई उर्जामन्त्रीले गरेका जलविद्युत क्षेत्रका गलत क्रियाकलाप भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ।

उक्त दफाको खण्ड (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था छ।

‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले आफ्नो सामाजिक सञ्जालमा ललितपुर जिल्लामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका ऊर्जामन्त्रीविरुद्ध सामग्री राख्नुभएको होइन भन्ने आधार प्रमाण के छ,’ स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंले आफ्नो सामाजिक सञ्जालमार्फत ललितपुर जिल्लामा उम्मेदवार रहनुभएको व्यक्तिविरुद्ध निर्वाचन प्रचारप्रसार गर्ने कार्य गर्नुभएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ।’

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : ४९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना