फिर्मिन्होलाई बाहिर राख्दै ब्राजिलको टोली घोषणा « Khabarhub

फिर्मिन्होलाई बाहिर राख्दै ब्राजिलको टोली घोषणा


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार अट्याकर रोबर्टो फिमिन्होलाई बाहिर राख्दै ब्राजिलले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि टोली घोषणा गरेको छ।

ब्राजिलले विश्वकपका लागि नौं स्ट्राइकरलाई टोलीमा समावेश गर्दा फिर्मिन्होले स्थान बनाउन सकेनन्।

फिर्मिन्हो बाहिर रहँदा ३९ वर्षीय भेट्रन खेलाडी डानी अल्भेसले स्थान बनाएका छन्। यसैगरी गाब्रियल जिसस र गाब्रियल मार्टिनेली समेत टोलीमा छन्। यस्तै, चोटबाट फर्किएका रिचार्लीसन र पेड्रोलाई अन्तिम समयमा बोलाइएको छ।

पेरिस सेन्ड जर्मेन पिएसजीका ३० वर्षीय स्ट्राइकर नेयमारले ब्राजेलियन टोलीको नेतृत्व गर्नेछन्। पाँच पटकको च्याम्पियन ब्राजिल २० वर्षपछि उपाधि जित्ने योजनामा छ।

विश्वकप २० नोभेम्बर २० बाट सुरु हुँदैछ। ब्राजिलले २५ नोभेम्बरमा सर्वियासँग खेल्दै सुरुआत गर्नेछ।

ब्राजिल टोलीः

गोलरक्षकः एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (पाल्मेइरास)

डिफेन्डरः ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्हस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिसाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

मिडफिल्डरः क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमरेस (न्युकासल युनाइटेड) र एभर्टन रिबिइरो (फ्लामेंगो)

स्ट्राइकरः नेयमार (पिएसज), रिचार्लीसन (टोटेनहम हट्सपर), भिनीसियस जुनिअर (रियल म्याड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रीगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), ग्याब्रिएल जेसस (आर्सनल), ग्याब्रिएल मार्टिनेली (आर्सनल) ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : १४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले