रियलको सिजनको पहिलो हार | Khabarhub Khabarhub

रियलको सिजनको पहिलो हार


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ।

रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको छ।

यसअघि रायोले खेलका अग्रता लिएको थियो। रियल दुई पटक खेलमा फर्किए पनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो।

१३ खेलसँगै बार्सिलोनाले ३४ अंक जोडेको छ। मड्रिडको ३२ अंक छ।

बालोन डि ओर विजेता करिम बेन्जेमाबिना खेलेको रियललाई पराजित गर्न रायोका सान्ति कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले एक–एक गोल गरेका थिए। रियलका लुका मोड्रिक र इडर मिलिटाओले गोल गरे पनि हार टार्न सकेनन्।

अघिल्लो राति जेरार्ड पिकेको विदाई खेलमा अल्मेरियालाई २-० अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा फर्किएको थियो।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : २४ बजे

सातहजार रुपैयाँ घुस लिने दीपक पौडेल दोषी ठहर, एक महिना कैद सजाय

काठमाडौं- सात हजार रुपैयाँ घुस लिएको अभियोगमा दीपक पौडेल दोषी

ओली भन्छन्ः एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि