दुई महिनादेखि मेरो हत्याको षड्यन्त्र गरियो : इमरान खान | Khabarhub Khabarhub

दुई महिनादेखि मेरो हत्याको षड्यन्त्र गरियो : इमरान खान


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक र्‍यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन् ।

पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट तीनवटा गोली निकाले ।  बायाँ खुट्टामा केही छर्राहरू थिए जुन उनीहरूले भित्र छोडेका थिए । ’

आफूविरुद्धको हत्याको सम्पूर्ण षड्यन्त्र दुई महिनाअघि  गरिएको उनले दाबी गरे । 

आफूले गुप्तचर निकायबाट सूचना प्राप्त गरेको उनले बताए । ‘सम्झनुहोस् म साढे तीन वर्ष सत्तामा थिएँ ।  मेरो गुप्तचर एजेन्सी र विभिन्न एजेन्सीहरू सञ्चालन गर्नेहरूसँग सम्पर्क छ’, उनले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : २० बजे

‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्न सके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नेपालका विभिन्न

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक भारतीयमार्फत् लिएका थिए १९ लाख घुस

काठमाडौं- नेपाल बैक लिमिटेड सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध

संघीय अस्पतालमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने मन्त्रालयको तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार

रक्षा सहकार्य मजबुत बनाउन भारत र अष्ट्रेलिया प्रतिबद्ध

काठमाडौं– भारत र अष्ट्रेलियाले रक्षा सहकार्यलाई मजबुत बनाउँदै लैजाने प्रतिबद्धता

इजरायलद्वारा गाजामा सहायता प्रवाहमा अवरुद्ध

एजेनसी– इजरायलले सोमबार गाजाका लागि सहायता लिएर आएको डुङ्गालाई अवरुद्ध