बेलबारी गोल्डकपः सशस्त्र प्रहरी बल फाइनलमा, धनकुटासँग सिरहा भिड्दै « Khabarhub

बेलबारी गोल्डकपः सशस्त्र प्रहरी बल फाइनलमा, धनकुटासँग सिरहा भिड्दै


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा- बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फाइनल यात्रामा पुग्न सफल भएको छ ।

मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपिएफसँग सोमबार २-१ गोलअन्तरको हार ब्यहोर्नु पर्दा आयोजक उपाधि नजिक पुग्न नसकेको हो । घरेलु मैदानमा आयोजकलाई रोक्दै साविक विजेता एपिएफले भने प्रतियोगिताको फाइनलमा आफूलाई सुरक्षित गरेको छ । 

घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपिएफले दुवै गोल मध्यान्तरपछि मात्रै गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । मध्यान्तरपछि आकर्षक प्रदर्शन गरेको एपिएफ अन्ततः आयोजकलाई पछि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।

कप्तान टोप विष्ट र नवीन लामाले गरेको गोल एपीएफलाई जितका लागि पर्याप्त बन्यो । आशिम राईले फर्काएको सान्त्वना गोल आयोजकलाई फाइनलयात्रा तय गर्न अपुग भयो । अन्ततः रोचक तथा सङ्घर्षपूर्ण खेलको ४९औँ मिनेटमा टोप विष्टको गोलमार्फत एपीएफले अग्रता लिएको थियो । 

खेलको ६५औँ मिनेटमा नवीन लामाले अर्को गोल थपेपछि एपिएफको जित निश्चित भएको हो । सेन्टरबाट पाएको पासमा अघि बढेका उनले विपक्षी खेलाडीलाई बिट गर्दै बललाई पोस्टको दिशा दिँदा आयोजक हार स्वीकार गर्नुपर्ने बाध्यतामा पुग्यो । 

आयोजकका काशिम राईले खेलको ७२औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । उनले गरेको प्रहारले सिधै पोस्टको बाटो तय गर्दा एपिएफका गोलरक्षक राजु नगरकोटी असफल बने । अन्ततः आयोजक डाँगीहाटको फाइनलयात्रामा पूर्णविराम लाग्यो । नगरकोटीबाट रिबाउण्ड भएको बलमा समेत विक्रम धिमाल असफल हुनु आयोजकका लागि दुर्भाग्यपूर्ण बन्यो । त्यसबाहेक गोल गर्ने अरू अवसरलाई सदुपयोग गर्न नसक्दा घरेलु मैदानमा नतिजा विपक्षीलाई सुम्पिन आयोजक बाध्य भयो ।  

पहिलो सेमिफाइनल खेलको म्यान अफ दी म्याच एपिएफका कप्तान टोप विष्ट घोषित भए । उनले पुरस्कारवापत रु पाँच हजार र ट्रफी प्राप्त गरे । कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए ।

गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज राजारानी र सहलेस सिराहाबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ५६ बजे

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका

चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको