जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा अतिरिक्त समयमा पनि सञ्चालन हुने « Khabarhub

जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा अतिरिक्त समयमा पनि सञ्चालन हुने


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनुषा– जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि रेल सञ्चालन गर्ने निर्णय गरेको हो । 

कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपाल र भारतबाट तीर्थालु आउने गरेका छन् । ‘जतिबेला यात्रु आउँछन् त्यतिबेला नै रेल चलाइहाल्छौँ’, उनले भने, ‘यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ’, कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले भने ।  

जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर-कुर्था अन्तर्गतको ३५ किलोमिटरमा २०७८ चैत २० देखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । 

रेल सञ्चालन भएसँगै यहाँ धार्मिक पर्यटक बढ्ने र स्थानीय उत्पादन निर्यात बढाउन सकिने स्थानीयवासीको विश्वास छ । रेलमार्ग अन्तर्गत कुर्था, परवाहा, वैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा रेल्वे स्टेसन छन् । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत छन् । 

भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ११ : ४० बजे

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण