नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने  « Khabarhub

नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने 


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गर्न लागिएको हो । 

अस्थायी मतदातामा सूचीकृत भएका मतदाताहरूले प्रतिनिधिसभाका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । कैदीबन्दीका लागि जिल्ला कारागारमा र सुरक्षाकर्मी तथा अन्य कर्मचारीका लागि जिल्ला प्रहरी कार्यालयमा मतदानको व्यवस्था मिलाइने गौतमले जानकारी दिए । 

त्यस्तै निर्वाचन क्षेत्र नं १ मा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत कर्मचारीहरूले अमरज्योति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्न पाउनेछन् । साथै, ककनी गाउँपालिका-२ को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट सशस्त्र प्रहरी बल तालिम केन्द्रका प्रशिक्षार्थीहरूले मतदान गर्ने व्यवस्था मिलाइने छ । 

नुवाकोटमा एक हजार सात सय २२ जना अस्थायी मतदाता छन् । जिल्लामा एक सय ३२ मतदानस्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले खटिएकै मतदानस्थलबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १ : ४२ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले