सडक मर्मत नहुँदा आवतजावतमा समस्या « Khabarhub

सडक मर्मत नहुँदा आवतजावतमा समस्या


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– लालझाडी र शुक्लाफाँटा जोड्ने सडक बाढीले भत्काएको लामो समयसम्म पनि मर्मत नहुँदा स्थानीय जनताले आवतजावतमा समस्या ब्यहोर्नुपरेको छ । लालझाडी र शुक्लाफाँटा नगरपालिका जोड्ने सडक भत्किएको दुई महिना बितिसक्दा पनि मर्मतका लागि दुवै पालिकाले चासो नदिँदा जनताले सास्ती ब्यहोर्नुपरेको हो । लालझाडी गाउँपालिका-४ चन्दापुरका  रामनाथले गाउँको मोटरघाटस्थित सडक असोज महिनाको बाढीले बगाउँदा कम्मरसम्मको पानीमा तरेर ओहरदोहर गर्नु परेको बताए ।

पाँच वर्षअघि वनहरा नदीको धार परिवर्तन गरी दोदा नदीमा मिसिएपछि नदीले छाडेको पुरानो बहाव क्षेत्रमा गाउँपालिकाले २४ लाख रकम खर्चेर बाँध बाँधेर सडक बनाइएको थियो । यस वर्षको वर्षासँगै आएको वनहरा नदीको बाढीको पानी पुरानो बहाव क्षेत्रमा पस्दा सडक बगाएको हो । ‘बाढीको पानी नदीको पुरानो बहाव क्षेत्रमा छिर्‍यो’ स्थानीय प्रवेश रानाले भने, ‘सामान्य तरिकाले राखिएका होमपाइपले पानीको बहाव धान्न सकेन, सडक बगेर पानीको ताल बनेको छ ।’

वैकल्पिक सडक नहुँदा स्थानीयले पानी पार गरेर मात्रै ओहरदोहर गर्नुपरेको छ । ‘बाढी पस्दाको केही समय सडक बगेको ठाउँमा निकै हिलाम्मे थियो’ राजेश रानाले भने, ‘बाढीले ल्याएको हिलो माटो सुकेको छ, पानी सुकेको छैन, सडक बगेको क्षेत्रमा सामान पिठ्युँमा बोकेर लैजानु पर्दछ, मोटरसाइकल, साइकललगायतका सवारीका साधन दुई जनाले पानीमा डोर्‍याएर लैजानु पर्ने बाध्यता छ ।’ 

अत्यावश्यक सामान ओसार्न, बिरामी अस्पताल लैजान, बालबालिकालाई विद्यालय जान सडककै कारण निकै अप्ठेरो भएको स्थानीय बासिन्दाको भनाइ छ । लालझाडी गाउँपालिका– ४ का वडाध्यक्ष बहादुर रानाले सामान्य हिँडडुलका लागि सडक मर्मत गर्ने कार्य सुरु गर्न लागेको बताए । ‘सामान्य बजेटले सडक पूर्ण रुपमा मर्मत गर्न सकिँदैन’, उनले भने, ‘गाउँपालिकाबाट रकम व्यवस्था गरी हिँडडुलका लागि सडक मर्मत गर्दैछौँ, केही दिनभित्रै मर्मतको कार्य पूरा गरी आवागमन सुचारु हुन्छ ।’ 

सडकको समस्या दीर्घकालीन रुपमा समाधान गर्न प्रदेश र केन्द्र सरकारसँग रकम माग गर्नका लागि प्रस्ताव पठाइने उनको भनाइ रहेको छ । दोदा नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यो सडक भएर शुक्लाफाँटा नगरपालिका–१२, लालझाडी गाउँपालिकाको वडा नं १,२,४ लगायतका बासिन्दा ओहरदोहर गर्दै आएका छन । गाउँपालिकाको मुख्य सडकका रुपमा यसलाई लिने गरिन्छ । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १ : ५३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ