विवादमा नआउने गरी काम गर्न सरकारलाई नेकपा सांसदको सुझाव | Khabarhub Khabarhub

विवादमा नआउने गरी काम गर्न सरकारलाई नेकपा सांसदको सुझाव


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसदहरुले विवादमा नआउने गरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा नेकपाका सांसदहरुले सरोकारवाला निकायसँग पर्याप्त परामर्श गरेर विवादमा नआउने गरी विधेयकलगायतका क्षेत्रमा कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

सरकारको काम कारबाही राम्रो भएपनि कतिपय विधेयकहरु विवादमा तानिएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई पार्टीका सांसदहरुले ध्यानाकर्षण गराएको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । बैठकमा सांसदहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालमाथि पार्टी एकताको काम छिटो टुंगो लगाएर सरकारको काम कार्वाहीलाई अझै सहज बनाउन पनि दवाव दिएका थिए ।

बैठकमा बोल्ने २९ जना सांसदहरुले सरकारको काम कार्वाही सन्तोषजनक रहे पनि त्यसलाई सिंगो पार्टी पंक्तिमा सञ्चार गराउन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पनि जनाएका थिए । बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले असार महिना भित्र पार्टी एकताको बाँकी काम पूरा गर्ने र सरकारको काम कार्वाहीलाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता जनाएको प्रमुख सचेतक गुरुङले बताए ।

प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले पार्टीलाई अझै सशक्त बनाएर लैजाने दृढता पनि सांसदहरु समक्ष व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले बैठकमा पार्टीमा विभाजन आउँछ कि भन्ने आशंका नगर्न पनि आग्रह गरेको प्रमुख सचेतक गुरुङले बताए ।

नेकपाको संसदीय दलको बैठक आगामी असार २१ गते शनिबार दिउँसो एक बजे पुनः बोलाइएको छ । सोमबारको बैठकमा सबै सांसदहरुले बोल्ने क्रम नसकिएकाले अर्को बैठक पनि बोलाउने निर्णय गरिएको पार्टीका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

नेकपा संसदीय दलको बैठक विगतमा पार्टीका अध्यक्षद्धय ओली र दाहालले व्रिफिङ गरेपछि टुंगिने गरेको थियो । तर यस पटकको बैठक पार्टीका सांसदहरुको सुझाव लिने गरी आयोजना गरिएको पनि प्रमुख सचेतक गुरुङले बताए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ७ : २३ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र