सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३ लंकपुरस्थित सडकमा लु.३ च ३११४ नम्बरको स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा साइकलयात्री कोटहीमाई गाउँपालिका–१ बस्ने ४५ वर्षीय महेन्द्र भर छन् । उनको सोमबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका-१४ दियालेस्थित सडकमा साउनेबाट गाईघाटतर्फ जाँदै गरेको प्र १-०५-००१ ह ००२७ नम्बरको अटो सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटोमा सवार सवार सोही नगरपालिका-४ बगाहा बस्ने ३३ वर्षीया लिला मगरको ५ वर्षीय छोरा नुजल मगर छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ८ जनामध्ये अटोमा सवार ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अटो चालक समेत ३ जनालाई थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ । 

बाराको पचरौता नगरपालिका-९ टियर पुलस्थित सडकमा कलैयाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बिआर ०५ डि ७३७७ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका-२ श्रीनगर बैरिया बस्ने ४२ वर्षीय रामाधार प्रसाद यादव छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोकस्थित सडकमा मे.१ ख ३२३७ नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार राति मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका-५ पोल्खरीस्थित सडकमा सु.प.प्र.०१-०१० प १०७१ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।    

रौतहटको मौलापुर नगरपालिका-५ लक्ष्मीनियामा बीआर ०५ भी ८६०४ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००१ स ६६६७ नम्बरको टेम्पो सोमबार राति ठोक्किँदा मोटरसाइकल चालक बारा सिम्रौनगढ नगरपालिका-८ बस्ने ३२ वर्षीय असलम पैठानको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको  छ । टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कैलालीको गोदावरी नगरपालिका–१ धनगढीमा सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाँई शिबिर बस्ने ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 

गोरखाको गोरखा नगरपालिका–८ बराहा मन्दिरस्थित सडकमा ग.१ त ४८७८ नम्बरको ट्रयाक्टर सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चालक आरुघाट गाउँपालिका–१ मान्बु घर भई गोरखा नगरपालिका–५ सतिपिपल डेरा गरी बस्ने ३६ वर्षीय राजु गुरुङ छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ०७ बजे

आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च

ताप्लेजुङ–  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको

वनगाउँका एकसय घर तरकारी खेतीमा

टीकापुर– कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ ।

धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौं– कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा

कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने ट्रम्पको निर्णय

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो क्याबिनेट

के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने

काठमाडौं– भगवान् शिवको सबैभन्दा शक्तिशाली मन्त्र हो, महामृत्युन्जय मन्त्र । यस