‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सम्पन्न | Khabarhub Khabarhub

‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सम्पन्न


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सम्पन्न भएको छ । नेपाल सरकार, गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा सम्पन्न ‘प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले गरे ।

कार्यक्रममा उनले कर्णालीको भौगोलिक विकटता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर हेलिकोप्टर प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘चुनाव नजिकिँदैछ । हामी यसलाई शान्त, धाँधलीरहित र व्यवस्थित तवरले सम्पन्न गर्ने कुरामा केन्द्रित छौँ’, उनले भने।

गोष्ठीमा गृहसचिव विनोदप्रकाश सिंहले दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले राखेको रिपोर्टअनुसार शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताए। सचिव सिंहले भौगोलिक विकटता र सुरक्षा चुनौतीको सामनाका लागि अहिलेदेखि नै पूर्वतयारी गर्न प्रजिअहरूलाई निर्देशन दिए ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सुरक्षाको समन्वयकारी गोष्ठी भए पनि चुनावमा केन्द्रीत रहेको बताए । जिल्लाका प्रजिअसहित सुरक्षा प्रमुखहरूले चुनावमा मतपेटिका कसरी सुरक्षित गर्ने र हिमपात हुने ठाउँबाट कसरी उठाउने भन्ने जस्ता समस्या उठाएको उनले जनाए।

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ३३ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज