विश्व इतिहासमा आज के भयो ? « Khabarhub

विश्व इतिहासमा आज के भयो ?


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज नोभेम्बर ९ तारिक। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

बर्लिनको पर्खाल ढलेको २०औं वार्षिकी
वर्लिनको पर्खाल ढलेको २०औं वार्षिकीको अवसरमा सन् २००९ को ९ अक्टोबर अर्थात् आजको दिन जर्मन चान्सलर एंगेला मर्केल, सोभियत युनियनका अन्तिम अध्यक्ष मिखाइल गोर्भाचेभ , पोल्यान्डका पूर्व राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार बिजेता लेच वालेसा बर्लिनको ब्रान्डेनवर्ग गेटमा संयुक्त रुपमा हिडेर वर्लिनको पर्खाल ढलेको २०औं वार्षिकी मनाएका थिए।

सानो उमेरमै विश्व चेस च्याम्पियन
सन् १९८५ मा रसियाका गारे कास्पारोभ सानो उमेरमै विश्व चेस च्याम्पियन बन्ने पहिलो व्यक्ति बनेका थिए। १३ औं विश्व चेस च्याम्पियनमा २२ वर्षीय कास्पारोभले एनाटोली कारपोभलाई पराजित गरी चेस प्रतियोगितामा सानो उमेरमा नै विश्व च्याम्पियन बन्न सफल भएका थिए।

रोलिङ स्टोन म्यागेजिनको प्रकाशन सुरु
सन् १९६७ मा आजकै दिन अमेरिकाको प्रसिद्ध सांस्कृतिक म्यागेजिन रोलिङ स्टोन प्रकाशित भएको थियो। सातामा दुई पटक प्रकाशित हुने सो म्यागेजिको संस्थापक अमेरिकाको सानफ्रान्सिस्कोस्थित ज्यान सिमोन वेनरले गरेका थिए। म्यागेजिनले विश्वका प्रसिद्ध लेखकको करिअर बारेमा रोचक जानाकारी दिन्थ्यो।

यहुदीमाथि नाजीको जातीय नरसंहार
सन् १९३८ मा जर्मनमा नाजी पार्टीमा आबद्ध लडाकु समूहले जर्मनी र अस्ट्रियाका यहुदीमाथि जातीय नरसंहार गरेका थिए। नाजीले यहुदीसँग आबद्ध व्यापरी, धर्मगुरु र अन्य सर्वसाधरणको खोजी खोजी हत्या गरेका थिए।

उनीहरु यहुदीको धर्मगृहमासमेत प्रवेश गरेका थिए। नाजीको शृंखलाबद्ध हमलामा ७० यहुदीको हत्या हुनुको साथै ३० हजारलाई पक्राउ गरिएको थियो। उनीहरुलाई पक्राउ गरी कारागारामा राखिएको कार्यलाई नाइट अफ ब्रोकन ग्लास भनिन्छ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ३२ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि