इङ्लिस लिगबाट बाहिरियो एभर्टन « Khabarhub

इङ्लिस लिगबाट बाहिरियो एभर्टन


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बर्नमाउथसँग ४-१ ले पराजित भएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मंगलबार राति इङ्लिस लिग कपबाट बाहिरिएको छ ।

बर्नमाउथको जितमा जमाल लोवी, जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान एक-एक गोल गरे। एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरे।

जितसँगै बर्नमाउथ चौथो चरणमा स्थान बनाएको हो । बर्नमाउथ इङ्लिस प्रिमियर लिगको लगातार चार खेलमा पराजित भएको थियो । यससँगै बर्नमाउथले पाँचौ खेलमा आएर हारको शृंखलामाथि समेत पूर्णविराम लगाएको छ ।

पछिल्लो खेलमा प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध पराजित भएपछि लाम्पार्डले मंगलबार बर्नमाउथविरुद्ध ११ खेलाडी परिवर्तन गर्दै टोली मैदानमा उतारेका थिए।

लिग कपअन्तर्गत मंगलबार सम्पन्न अन्य खेलमा लेस्टर सिटीले न्युपोर्ट काउन्टीलाई ३ ० ले हरायो भने बनर्लीले क्रले टाउनलाई ३ १ ले निराश पार्‍यो।

त्यस्तै जेलिनघमले ब्रन्टफोर्डलाई पेनाल्टी सुट आउटमा ६ ५ ले हरायो भने लिङकन सिटीले ब्रिस्टोल सिटीलाई ३ १ ले पराजित गरेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ४५ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’