डोटी भूकम्प : गम्भीर पाँच घाइतेको उपचार डोटीमा हुँदै « Khabarhub

डोटी भूकम्प : गम्भीर पाँच घाइतेको उपचार डोटीमा हुँदै


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटी भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ ।

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो। उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । उक्त ठाउँमा आठ घर पूर्णरुपमा भत्किएर क्षति पुगेको बताइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १० : ०६ बजे

मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो

एजेन्सी– दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलले लागू गरेको विवादास्पद

झापामा १९ लाख बराबरको धनमाल चोरी

झापा– मेचीनगर नगरपालिका-६ प्लटिङ बस्ने रूद्र बुढाथोकीको घरबाट नगद तथा सुनका विभिन्न

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

सुनसरी– रामधुनी नगरपालिका-६ ढेडीगाउँ बस्ने आकाश चौधरीको छोरा ६ वर्षीय प्रनिक चौधरी

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

काठमाडौं– आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल