युक्रेनको नयाँ सर्त : रुसी सेना फिर्ता भएपछि मात्र वार्ता « Khabarhub

युक्रेनको नयाँ सर्त : रुसी सेना फिर्ता भएपछि मात्र वार्ता


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

किभ – रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ। युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्‍याएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन्। इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिनुभएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन्। उनले युक्रेन रुससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो सर्त हो भनेको युक्रेनी राष्ट्रपतिको प्रेस सचिवालयले जानकारी दिएको छ।

हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने भन्दै सल्लाहकार मिखाइलोले यदि रुससँग वार्ता गर्ने हो भने त्यस अगावै उसले आफ्ना सबै सेना युक्रेनबाट फिर्ता गरिसक्नुपर्छ भने।

हालैमात्र युक्रेनका विषयमा संयुक्त राज्य अमेरिका र रुसका रक्षामन्त्रीका बीचमा कुराकानी भइरहेको भन्ने समाचारको पनि उहाँले सो अन्तर्वार्तामा खण्डन गरेका छन्।
उनले युक्रेनको विषयलाई लिएर अहिले रुस र कुनै पनि पश्चिमा देशसँग छलफल र निर्णय नभएको पनि स्पष्ट गरे।

उनले युक्रेनको सहभागिता र सहमति बिना युक्रेनका बारेमा कहीँपनि कुनै निर्णय हुन नसक्ने र युक्रेनी जनताले पनि आफ्ना बारेमा अरु कसैले गर्ने निर्णयलाई नमान्ने पनि स्पष्ट गरे।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसपछि मार्च २९ मा टर्कीको इस्तानबुल सहरमा रुस र युक्रेनकाबीचमा प्रत्यक्ष वार्ता भएको थियो। त्यसयता यी दुई देशबीचमा प्रत्यक्ष रुपमा वार्ता हुन सकेको छैन।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : ४९ बजे

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री