कांग्रेस उम्मेदवार थापाको निधनले प्रधानमन्त्री स्तब्ध « Khabarhub

कांग्रेस उम्मेदवार थापाको निधनले प्रधानमन्त्री स्तब्ध


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ (क) का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । 

वनमन्त्री थापाको बुधबार बिहान नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएका हो । ‘प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ ९१० का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खवरले स्तब्ध भएको छु। उनको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले जारी गरेको शोक सन्देशमा भनिएको छ ।

थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : २२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ