नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्री गर्न निषेध | Khabarhub Khabarhub

नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्री गर्न निषेध


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नवलपुर – आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना घट्ने तथा निर्वाचन विरोधी गतिविधि हुन सक्ने सम्भावना देखिएकाले मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा निर्वाचन अवधिभर पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

“जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न-नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको हो”, प्रजिअ सुमन घिमिरेले भने, “निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताले मदिरा सेवन गरी होहल्ला गर्ने तथा शान्तिसुरक्षामा असर पर्ने भएकाले मदिरा बिक्रीवितरण तथा सेवनका लागि निर्वाचन अवधिसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।”

निर्वाचनलाई लक्षित गरी मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई कार्यान्वयनका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : २७ बजे

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र