विश्वमा आज : चीन विश्व व्यापार संगठनको सदस्यदेखि अमेरिकी समुद्री सेनाको स्थापनासम्म « Khabarhub

विश्वमा आज : चीन विश्व व्यापार संगठनको सदस्यदेखि अमेरिकी समुद्री सेनाको स्थापनासम्म


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १० नोभेम्बर । प्रस्तुत छ आज इतिहासमा भएका केही महत्त्वपूर्ण विश्व घटना :

विलमिङटन नरसंहार
अमेरिकामा सन् १८९८ मा एउटा नरसंहार मच्चिएको थियो । निर्वाचनमार्फत द्विजातीय सहर परिषद्को स्थापनापछि नरसंहार भएको थियो । परिषद् स्थापनाको विरोधमा अश्वेतहरुले परिषद् भवन भत्काउनुका साथै  प्रशस्त सम्पत्ति तोडफोड गरेका थिए । गोराले दर्जनौ अश्वेतहरुको हत्या गरेका थिए  ।

अमेरिकी समुद्री सेनाको स्थापना
अमेरिकी क्रान्तिकारी युद्धको समयमा सन् १७७५ मा अमेरिकाले समुद्र र वायुमा पनि सञ्चालन हुने सैन्य फौज स्थापना गरेको थियो ।

बोलिभियाली नेताको राजीनामा
बोलिभियाका नेता तथा पहिलो आदिवासी राष्ट्रपति इभो मोरल्सले सन् २०१९ को १० नोभेम्बरमा राजीनामा दिएका थिए । चौथो कार्यकालका लागि निर्वाचित भएका इभोमाथि  निर्वाचनमा धाँधली गरेको आरोप लागेको थियो ।

चीन विश्व व्यापार संगठनको सदस्य
आजकै दिन चीन विश्व व्यापार संगठनको सदस्य भएको थियो । १५ वर्षको छलफलपछि सन् २००१ को नोभेम्बरमा  चीनको सदस्यता अनुमोदन भएको थियो । त्यसको भोलिपल्ट ताइवानको सदस्यता स्वीकृत भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ६ : ५६ बजे

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका पदाधिकारीले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका केही पदाधिकारीले

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– सर्लाहीको हरीपुर्वा नगरपालिका-९ स्थित सडकमा ग.१ ख ९४६७ नम्बरको बसले ना.४८

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त

काठमाडौं– लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा

जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ

रोल्पा– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई बिहीबार बिहान

आँबुखैरेनी–मुग्लिन सडक पहिरो पन्छाएपछि सुचारु 

दमौली– आँबुखैरेनी–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा