विश्वकपलाई सफल बनाउन कतारमा कार्यरत नेपालीलाई राजदूत ढकालको आग्रह « Khabarhub

विश्वकपलाई सफल बनाउन कतारमा कार्यरत नेपालीलाई राजदूत ढकालको आग्रह


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका लागि नेपाली राजदूत डाक्टर नरेश विक्रम ढकालले आगामी नोभेम्बर २० मा कतारमा सुरु हुने फिफा विश्वकप-२०२२ सफल बनाउन कतारमा कार्यरत नेपाली समुदायलाई आग्रह गरेका छन् ।

राजदूत ढकालले एक सन्देश जारी गर्दै कतारमा क्रियाशील नेपाली समुदाय तथा विभिन्न संघसस्थाहरुलाई कुनै कार्यक्रम भए सम्भव भएसम्म स्थगित गरी इमानदारिता, नैतिकता र उच्च मर्यादा देखाउन भनेका छन्। यही २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म फिफा विश्वकप २०२२ एसिया क्षेत्रको कतारमा हुँदैछ।

साथै उनले नेपालीहरुले कतारको विकास तथा संवृद्धिका लागि पुर्‍याएको योगदानको कतार सरकारका उच्चअधिकारीहरुले मुक्तकण्ठले प्रशंसा गरिरहेको जानकारी गराउन पाउँदा आफू हर्षित रहेको बताएका छन् ।

उनले नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको ४५ वर्षको अवधिमा अन्तर्राष्ट्रियस्तरमा शान्ति र विकासका लागि समान धारणाहरु रहेको पनि बताएका छन् । हाम्रो सम्बन्धलाई बहुआयमिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पुर्‍याउन सबैले निरन्तररुपमा सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्नेमा ढकालले जोड दिएका छन् ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ७ : ११ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी