रसुवामा उम्मेदवार प्रचारप्रसारमा व्यस्त « Khabarhub

रसुवामा उम्मेदवार प्रचारप्रसारमा व्यस्त


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रसुवा -आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन्।

प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपा, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी तथा तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। प्रचारप्रसारलाई तीव्रता दिँदै उम्मेदवार, नेता तथा कार्यकर्ता मतदाताको घरदैलोमा पुगेर आ–आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन्। स्वतन्त्र उम्मेदवार पाटीखर्कका लिलाबहादुर न्यौपाने, बनुवा छापका रामशरण पौडेल र धुञ्चेका कार्सा वाङ्दी तामाङ पनि चुनावी प्रचारप्रसारमा होमिएका छन्।

प्रतिनिधिसभातर्फ नेकपा माओवादीसमेतको गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य, नेकपा एमालेको तर्फबाट छोवाङ तेन्जिङ तामाङ राप्रपाबाट टीकाप्रसाद देवकोटा, नेमकिपाबाट रामेश्वर वासी, जनसमाजवादी पार्टीबाट सिर्जना सुनार, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विकास गलान र राष्ट्रिय स्वतन्त्र दलबाट मीननाथ देवकोटा चुनावी मैदानमा उभिएका छन्।

सबै उम्मेदवारले समग्रमा गाउँको विकास गरी जनतालाई सुख सुविधा पुर्‍याउने छु भन्नेनै उद्योष रहेको छ। प्रमुखरूपमा स्वास्थ्य, शिक्षालाई आधुनिकीकरण, रोजगारजस्ता विविध कामको कार्यान्वयन गर्ने उम्मेदवारले घोषणा गर्दै आएका छन्। खुलारूपको आमसभाभन्दा घरदैलो कार्यक्रममार्फत गाउँटोलको प्रत्येक घरघरमा पुगी भेटघाटको माध्यमबाट हात जोड्दा मतदाता र उम्मेदवार दुवैको मन प्रफुल्लित हुँदै गएको दलका नेताले बताएका छन्।

घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै प्रतिनिधिसभाका उम्मेदवारको साथमा प्रदेशसभा सदस्य उम्मेदवारले पनि एक साथ घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। आ–आफ्ना पक्षमा मत माग्दै घरदैलो कार्यक्रममा सरिक हुने प्रदेशसभा उम्मेदवार सदस्यमा नेकपा माओवादीसहितको गठबन्धनबाट प्रदेश ‘क’मा नेपाली कांग्रेसको तर्फबाट प्रभात लामा, नेकपा एमालेको तर्फबाट कुलप्रसाद भट्ट, नेमकिपाको तर्फबाट बाबुकाजी माकजु, राप्रपाका महेशकुमार डङ्गोल, मङ्गोल नेशनल अर्गनाइजेशनका जितमान तामाङ, जनसमाजवादीको तर्फबाट कामी थोक्रा, ताम्सालिङ लोकतान्त्रिक पार्टीको तर्फबाट पाल्देन वाङ्दी तामाङ र स्वतन्त्र उमेदवारमा सिदार वाङजेन लामा रहेका छन्।

दुई वटा प्रदेश रहेको रसुवा जिल्लाको प्रदेश ‘ख’मा भने नेकासहितको गठबन्धनबाट नेकपा माओवादीका इन्द्रप्रसाद गौतम, (जगतजङ्ग) नेकपा एमालेका तेम्व्रेल तामाङ, राप्रपाबाट हरिप्रसाद घिमिरे, नेमकिपाबाट तुल्सिराम ग्वाछा, ताम्सालिङ लोकतान्त्रिक पार्टीबाट वाङ्जेन तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट वाङ्दे घले, नेपाली कांग्रेस (बिपी) को तर्फबाट शारदाकुमार न्यौपाने (सरोज) र स्वतन्त्रमा चेसाङ तामाङ रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : २० बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने