मोरङ ३ ‘क’ मा आज उम्मेदवारी दर्ता हुने « Khabarhub

मोरङ ३ ‘क’ मा आज उम्मेदवारी दर्ता हुने


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङ ३ प्रदेशसभा ‘क’ मा आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ।

नेपाली कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा आज बिहीबार फेरि उम्मेदवारको मनोनयन दर्ता गरिन लागिएको हो। मनोनयन दर्ता कांग्रेसबाट मात्र हुनेछ। यसअघि मनोनयन दर्ता भएर चुनावी प्रचारमा रहेका उम्मेदवारहरुको उम्मेदवारी कायमै रहनेछ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि आज अपराह्न ४ बजेभित्र प्रकाशित हुनेछ। उम्मेदवारको विरोधमा अपराह्न ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ।

उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार अपराह्न ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई कात्तिक २५ गते अपराह्न चिन्ह दिइने आयोगले जनाएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ७ : ३९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न