चेल्सीलाई पराजित गर्दै सिटी चौथो चरणमा « Khabarhub

चेल्सीलाई पराजित गर्दै सिटी चौथो चरणमा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियाद मेहराज र जुलियन अल्भारेजको गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई २-० अन्तरले पराजित गर्दै काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ।

पहिलो हाफमा दुबै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन्। सिटीका ज्याक गे्रअलिस र १८ वर्षीय मिडफिल्डर लेविस हलले पाएको मौका सदुपयोग गर्न सकेनन्। सिटीले घरेलु मैदानमा सुधारिएको खेल देखाउँदै गोल गर्न सफल भयो।

दोस्रो हाफमा पाएको फ्रिकिकलाई मेहराजले उत्कृष्ट गोल गरे। यससँगै सिटीले खेलको ५३औं मिनेटमा अग्रता लियो। अल्भारेजले ५८औं मिनेटमा गोल गर्दा सिटी सहज जिततर्फ अग्रसर भयो। आठ पटकको च्याम्पियन पेप ग्वार्डिओलाको सिटीले तेस्रो चरणमा अहिले सम्म पराजित हुनु परेको छैन।

पहिलो हाफमा क्रिस्टियन पुलिसिकले दुई मौका गुमाउँदा चेल्सी हारमा बाध्य भयो। दोस्रो हाफमा समेत चेल्सी भाग्यमानी रहन सकेन। दोस्रो हाफमा सिटीका पूर्व खेलाडी रहिम स्टर्लिङ मैदान प्रवेश गरेपनि कुनै जादु देखाउन सकेनन्।

यससँगै ग्राहम पोटरको नेतृत्वमा रहेको चेल्सीले पछिल्लो सात खेलमा दुई खेलमात्रै जितेको छ। शनिबार चेल्सीले प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग खेल्दैछ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ७ : ४९ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी