डेंगी संक्रमण भएको दुई वर्षसम्म पनि शारीरिक पीडा ! | Khabarhub Khabarhub

डेंगी संक्रमण भएको दुई वर्षसम्म पनि शारीरिक पीडा !

सामान्य सोचाई र सचेतनाले पोस्ट डेंगीको मारमा सर्वसाधारण



काठमाडौँ : काठमाडौँकी सजनी महत तीन हप्ता अगाडि नै डेंगी संक्रमण भएर निको भैसकेकी थिइन । उनलाई अहिले धेरै शारीरिक पीडा हुन थालेको छ ।

‘शरीर धेरै तातिएको महसुस हुन्छ, अति नै शरीर गल्छ, हिजोआज त यति कमजोर भै छु की रातीमा उठेर ट्वाइलेट जान पनि एक्लै आँटै नआउने भएको छ’ उनले भनिन् ।

‘सुतिराख्न मन लाग्छ उठ्न नपरे हुन्थ्यो जस्तो हुन्छ अहिले त काम गर्न नसकेर जागिर पनि छोडेर बसेको छु,’ उनले अगाडि थप पीडा पोखिन् ।

सजनीको जस्तै अनुभव डेगीं लागेर निको हुने प्राय सबैले भोगिरहनु परेको छ । डेंगी संक्रमणपछि पनि स्वास्थ्यमा निरन्तर समस्या देखिने बारेमा भने नेपालमा योभन्दा अगाडि खासै थाहा थिएन । पहिला महामारीको रुपमा देखा पर्दा पनि पोष्ट समस्या लिएन नआएको चिकित्सकहरू बताउँछन् ।

तर अहिले २०२२ डेंगी महामारीले हालसम्मकै सबभन्दा धेरै संक्रमित भएका र अधिकांश सङ्क्रमितले अत्यन्त शारीरिक पीडा हुने बताइरहेका छन् ।

पोष्ट डेंगीमा धेरै देखिएको समस्या
पछिल्लो समय संक्रमण हुनेको सङ्ख्यामा कमी हुँदै गैरहेको भएता पनि संक्रमित भैसकेका कतिपयमा भने लामो समयपछि पनि स्वास्थ्यमा निरन्तर समस्या देखिएको डाक्टर शेरबहादुर पुनले बताए ।

कतिपयलाई शारीरिक काम गर्दा पनि छिटो स्याँ स्याँ हुने, टाउको भारी हुने, अत्यधिक थकित महसुस हुने, एकाग्रता नहुने, शारीरिक तथा मानसिक कमजोरी महसुस हुने, मांशपेशी दुख्ने, गिजा दाँत दुख्ने र अत्यधिक कपाल झर्ने, सामान राखेको ठाउँ समेत पटकपटक भुल्ने गरेको जस्ता समस्या हुने गरेको छ ।

पोष्ट डेगींको समस्या सम्भवत नेपालको लागि नौलो अनुभव भएकोले पोष्ट कोभिड खासै सतहमा नआएको वा आइनसकेको चिकित्सकको बुझाई छ ।

विश्वमा पोष्ट डेंगी सम्बन्धी पर्याप्त अनुसन्धान भएको देखिँदैन । यसबाट पनि यो समस्याप्रति धेरैको ध्यानाकर्षण नभएको प्रष्टै हुन्छ ।

डेंगी संक्रमण भएको कति हप्ता वा महिना पछिको अवस्थामा पनि स्वास्थ्यमा समस्या देखिरहे पोष्टडेंगीको अवस्था जनाउने भन्नेमा विश्वका वैज्ञानिकबीच एकल धारणा बनिसकेको छैन ।

अरु देशमा भएको अनुसन्धानले के भन्छ ?

श्रीलंकामा गरिएको एक अनुसन्धानले त्यहाँ डेंगी संक्रमितमध्ये एक तिहाइमा दुई महिनापछि पनि पोष्टडेंगीका समस्या देखिने गरेको देखाएको थियो ।

ब्राजिलमा गरिएको अनुसन्धानले डेंगी संक्रमितमध्ये झन्डै पचास प्रतिशतमा ६ महिनासम्म पनि पोष्ट डेंगीको समस्या हुने नतिजा प्रकाशित गरिएको थियो।

क्युबामा गरिएको एक अर्को अनुसन्धानमा त डेंगी संक्रमित भएको २ वर्षसम्म पनि ‘पोष्ट-डेंगी’को समस्याबाट प्रभावित हुने गरेको तथ्य पत्ता लगाएको थियो । सो क्युबाली अनुसन्धानमा डेंगी संक्रमितका पचास प्रतिशतभन्दा बढीमा पोष्टडेंगीको समस्या देखिएको थियो ।

अधिकांश अनुसन्धानहरूले महिला संक्रमितहरूमा पोष्ट डेंगी समस्या बढी हुने गरेको नतिजा प्रकाशित गरेका थिए । जसको यकिन कारण भने थाहा छैन । पोष्ट डेंगीमा पर्याप्त अध्ययन र अनुसन्धान नभएकोले उपचारको बारेमा पर्याप्त जानकारी वा अनुसन्धान नभएको डा. पुनको भनाई छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ३ : १९ बजे

एक वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१–०८२ मा हात्ती,

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

सप्तरी– सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा बिहीबार सर्पदंशबाट एक महिलाको

वीरगञ्ज नाकाबाट ६ खर्ब २५ अर्बको आयात, एक खर्ब एक अर्बको निर्यात

वीरगञ्ज– गत आर्थिक वर्ष (आव) वीरगञ्ज नाका हुँदै ६ खर्ब

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु

रौतहट– रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल