एक महिला मृत फेला « Khabarhub

 एक महिला मृत फेला


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको माडीखोलामा एक महिलाको शव फेला परेको छ। बिहीबार दिउँसो सवा ३ बजेतिर पूर्वी रोल्पास्थित सुनीलस्मृति गाउँपालिका-२ लामाचौर छेउको माडी खोलाको मध्यभागमा शव फेला परेको हो ।

प्रहरीका अनुसार पहिचान नखुलेको अवस्थामा करिब ३०/३२ उमेरकी देखिने महिलाको शव खोलामा तैरिएको फेला परेको हो । स्थानीयले प्रहरीमा सूचना दिएपछि सुलिचौर र खुंग्रीबाट प्रहरी परिचालित भएको हो । शवबारे प्रहरीले थप अध्ययन गरिरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

उनका अनुसार घटनाको जानकारी दिन र थप सूचना दिन स्थानीयलाई प्रहरीले आग्रह गरेको छ । महिलाको शवलाई पोस्टमार्टम गर्न प्रहरीको सहयोगमा लिवाङ तेउघास्थित रोल्पा अस्पतालमा लगेको जनाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ५ : ५७ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै