प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा « Khabarhub

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सहजिकरणका लागि छ मतदान अधिकृत र छ सहायक मतदान अधिकृत गरी १२ जना मतदान अधिकृत खटाइएको छ भने अन्य सहायकस्तरका कर्मचारीको खटनकार्य पनि अन्तिम चरणमा पुगेको छ ।

 जिल्लामा सबै तहका गरी  तीन हजार एक सय १२ कर्मचारी खटाइने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले हाल मतपत्र प्याकिङको काम भइरहेको बताए । 

तीन लाख १० हजार ६३ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका दुई र प्रदेशसभा चार निर्वाचन क्षेत्र छन् । जिल्लामा तीन सय ८९ मतदान केन्द्रको व्यवस्थापन हुने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

निर्वाचनको निष्ठा र औचित्य जोगाई निष्पक्ष र मर्यादित चुनाव गराउनका लागि निजामती कर्मचारीलगायत माध्यामिक तहका शिक्षक कर्मचारीलाई समेत निर्वाचनमा खटाइने कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ६ : ५२ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत