चुनावपछि पनि गठबन्धनकै सरकार : महासचिव गुरुङ | Khabarhub Khabarhub

चुनावपछि पनि गठबन्धनकै सरकार : महासचिव गुरुङ


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र  विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए । 

प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ । ‘प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शंका नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ’, उनले भने। 

खानेपानी, सडक, यातायात, रोजगार लगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताएका छन् ।  लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ७ : २५ बजे

देशभर बाढी, पहिरो र डुबान (फोटो फिचर)

काठमाडौं – भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल असार २३ गते आइतबार तदनुसार

आज २०८१ साल असार २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २३ गते आइतबार तदनुसार

जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय

बाँके – वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती

बाढी पसेपछि बस्तीबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न

भक्तपुर –भीषण वर्षाका कारण भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ३०