देश लागि गठबन्धनको जित आवश्यक : प्रकाशमान सिंह « Khabarhub

देश लागि गठबन्धनको जित आवश्यक : प्रकाशमान सिंह


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका छन् ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज काठमाडौँ महानगरपालिका–१० स्थित सुवर्ण पार्कमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका हुन् ।

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका नेता सिंहले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताए ।

‘आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि जनताले चुनेर पठाएका प्रतिनिधि संविधानसभाबाट जारी भएको संविधानलाई रक्षा गर्न, संस्थागत गर्न र प्रगतिको पथमा अघि बढ्नुपर्छ’ उनले भने। आगामी निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्न उनले आग्रह गरे ।

नेता सिंहले समावेशिता र लोकतन्त्रलाई मजबुत गर्न कांग्रेस नेतृत्वको गठबन्धन लाग्ने बताए । उनले लामो सङ्घर्षबाट प्राप्त गरेको अधिकारलाई सुनिश्चित र सुरक्षित गर्दै आगामी दिनमा विकासका काम अगाडि बढाएमात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : ४३ बजे

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता

तस्बिरमा हेर्नुहोस्, गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’

काठमाडौं–  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था