‘चिसोमा छाला फुस्रो भएर फुट्ने र चिरा पर्ने हुन्छ’ | Khabarhub Khabarhub

‘चिसोमा छाला फुस्रो भएर फुट्ने र चिरा पर्ने हुन्छ’

‘जाडोमा पानी धेरै पिउनुपर्छ’



चिसो बढेसँगै धेरै छालाको रोग देखा परेका चिकित्सकले बताएका छन्। यो मौसममा छालामा कस्ता कस्ता समस्या देखा पर्दछन् र हामीले कसरी आफ्नो केयर गर्ने ? यसै विषयमा आधारित रहेर छाला रोग विशेषज्ञ डा. शम्भु जोशीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

जाडो बढेसँगै हाम्रो छालामा कस्तो कस्तो समस्या देखिन्छ ?
मुख्य समस्या भनेको हाम्रो देशमा हिमाल पहाड र तराई छ। जहाँ हिमालमा धेरै चिसो र तराईमा गर्मीमा धेरै गर्मी र चिसोमा धेरै चिसो हुने गर्दछ। हाम्रो छालाको प्रोटेक्सन लेयर जुन हुन्छ। त्यसमा चिसोले असर गर्ने हुँदा यो मौसममा छालामा धेरै समस्या देखिने गर्छ। त्यही असरका कारण छाला फुस्रो हुने हो। छाला फुस्रो भएरपछि फुट्दै जाने र चिरा पर्ने हुन्छ। कडा औषधि खाएको बिरामी, किड्नी ट्रान्सप्लान भएको, अरू डाइबेटिज भएका व्यक्तिमा छालामा सुख्खा हुने, चिलाउने समस्या धेरै देखिन्छ।

चिसोको कारणले नै यो समस्या हुने हो ?
मुख्य कारण भनेको चिसो नै हो किनभने बाहिरको आर्द्रता हुन्छ। त्यो पहिला र अहिलेमा धेरै परक हुन्छ। जाडोमा पसिना पनि आउँदैन, पानी पनि कम पिउने बानी हुन्छ । बाहिरको वातावरण पनि सुख्खा हुन्छ र छालामा सुख्खापन बढ्दै जान्छ। हामीले तेल, लोसन लगाएनौं भने चिलाउने सुख्खा हुने र धेरै कन्याउँदा घाउ हुने हुन्छ।

सुख्खा हुने समस्या कस्तो व्यक्तिमा धेरै देखिन्छ ?
यो समस्या जो घर भित्र नै बस्नु भएको छ उहाँहरुमा देखिन्छ। त्यसमा पनि आगो ताप्ने, बाहिर बाइक, साइकल चलाउने र बसमा पनि झ्यालहरू खोलेर बस्दा धेरै हावाले हानेर सुख्खा पन बढ्छ। यो खेतीपातीको मौसम भएको कारणले धान काट्दा एलर्जी हुने, कत्ले रोग जुन वंशाणुगत भएको कारणले पछि छालामा समस्या हुन्छ। जाडोमा तातोका लागि लगाइने उनीको र रङ्गिन कपडाले गर्दा पनि बच्चामा एलर्जी हुन्छ। वृद्धाहरूमा खानपानको समस्याले यो असर देखाउन सक्छ। पानी कम पिउने कारणले पनि छाला सुख्खा हुने र चिलाउने हुन्छ। खेतबारीमा काम गर्ने वा होटलमा काम गर्ने मान्छेहरूमा जाडोको बेला चिसो पानी खेलाउनु पर्ने हुन्छ। त्यो चिसो पानी खेलाए पनि उहाँहरूको छाला चिसो र सुख्खा हुन्छ। त्यसमा साबुन सरफ धेरै भएकोले पनि यो समस्या हुन्छ। जाडो महिनामा चिसो मानेर धेरै ननुहाउने गर्दाा धेरै समस्या देखिन्छन्। यस्ता समस्या एकबाट अर्कोमा पनि सर्छन। गर्मीको समस्या पनि जाडोमा आइराख्छ। बढी अल्कोहल पिउँदा पनि पानीको मात्र कम बनाई दिन्छ। यो इन्फेक्सन कारणले हो। जथाभावी क्रिमको प्रयोगले पनि छालामा समस्या ल्याएको छ।

जथाभावी क्रिमको प्रयोगले पछि असर गर्ने हो कि तत्काल गर्छ ?
छालामा कुन लेबलको क्रिम हामीले लगाउने, शरीरको कुन भागमा कुन लगाउने, बच्चामा के लगाउने त्यो सबैलाई थाहा हुँदैन । पसलमा जाँदा जुन पनि दिनुहुन्छ। त्यो मिलेन भने छाला नै बिग्रिन सक्छ। त्यसैले छाला रोग विशेषज्ञलाई नै सोधेर उपचार गर्दा धेरै राम्रो हुन्छ।

जाडोमा चाया पर्ने समस्या किन हुन्छ ?
चाया कपालमा आउने एउटा हुन्छ र अनुहारमा आउने चाया पोतो फरक हुन्छ। कपालमा आउने चाया भनेको छालाको माथिल्लो तह विस्तारै उकिदै जाने हुन्छ। यो फंगस इन्फेक्सन भयो भने ढुसी आउने पनि हुन्छ। यसबाट बच्ने उपाय भनेको सधैँ एउटै स्याम्पुको प्रयोग गर्ने हो। कहिले काँही चाया देखिहाल्यो भने एन्टि डेन्ट्रफ लेखेको स्याम्पुको प्रयोग गर्दा हुन्छ। कसैलाई चाया परेको छ भने उसले प्रयोग गर्ने काइँयो, तौली, हेल्मेट अरूले प्रयोग नगर्ने किनभने यो एक बाट अर्कोमा सर्दै जान्छ। कपडा धुँदा पनि आफ्नो सिरानीको खोल, टोपी छुट्टै राखेर धुनु राम्रो हुन्छ । हेल्मेटहरु धोइराख्ने र जैतनको तेल, नरिवलको तेल, तोरीको तेलहरू हाली राख्ने । धेरै नै चाया आयो भने विषेशज्ञ डाक्टरको औषधि अनिवार्य रुपमा लिनुपर्छ ।। पहाड तिर रिट्ठा भन्ने पाउँछ, त्यो लगाउँदा पनि हुन्छ। एलोभेरा मिसिएको स्याम्पु लगाउँदा पनि हुन्छ। कतिपयले कपाल पुरै खौरिएर यो समस्या समाधान भयो भनेर सोच्नु हुन्छ र त्यस्तो गर्नु हुँदैन कसैलाई टाउकोमा चाया परेको छ भने त्यो कपालको जरा बाट नै आउने हो।

यो मौसममा बिहान देखि बेलुकासम्म छालाको कसरी ख्याल गर्ने त ?
छाला भनेको हाम्रो शरीरको संवेदनशील भाग हो। यसलाई तातो र चिसो दुबैबाट बचाउनु पर्दछ। बिहान उठ्ने बित्तिकै सफा पानीले मुख धुने, मुख पुछ्ने तौली पनि आफ्नो छुट्टै बनाउने । मुख पुछ्दा पनि घोटेर होइन विस्तारै ट्याप ट्याप गरेर पुछ्ने जसले गर्दा छाला माडिने, रातो हुने हुँदैन। धेरै सुख्खा अनुहारलाई नबनाउने । पहिलादेखि जे लगाएको छ त्यो लगाउने। बच्चाको लागि तेल लगाउने, लोसन लगाइदिने गर्नुपर्छ । बच्चाको लागि लगाइदिन बेबी लोसन पाइन्छ, त्यही लगाइदिने। त्यसले बाहिरको धेरै कुराहरू भित्र पस्न दिँदैन। ठूलो मान्छेहरूले पनि राम्रो फेसवास गर्ने र सन्स क्रिमहरू लगाउने । दिनमा ३ देखि ४ पटक प्रयोग गर्न सकिन्छ। कपालमा पनि ठूलो दाँत भएको काइँयो प्रयोग गर्ने, कपाल धेरै छरिएको छ भने स्याम्पु लगाएपछि कन्डिसन प्रयोग गर्न सकिन्छ। पुरै शरीरमा मोइस्चुराइजर क्रिम लगाउन सकिन्छ । हात र खुट्टामा बाक्लो गरेर लगाउँदा हुन्छ। एक पटक मोइस्चुराइजर लगाउँदा दुई दिनसम्म पुग्छ। पानी धेरै पिउने र पिसाब पनि गरिरहने। धेरै पानी खाएन भने पत्थरी हुन्छ। बेलुका पनि फेसवास गर्ने नाइट क्रिम लगाउने । भिटामिन सीको सीरमहरु प्रयोग गर्दा हुन्छ।बेलुका लगाउँदा डी पिग्मेन्टेशन सीरमहरु पनि लगाउने। एन्टी एजिङ सीरमहरु लगाउने। पहिला प्रयोग गर्दा घाँटीको तल्लो भागमा र कुहिनामा प्रयोग गर्ने र एक दिन राखे पनि सुट गर्यो भने फेसमा लगाउने। कपालहरू बेलुका सुत्दा खुल्ला गर्ने टाइट नबनाउने। कुन स्किन हो ? बिहान उठ्दा छुँदा च्याप च्याप पसिना आउछ भने आइली स्किन हो र मुख धुँदा पनि कडा, हाँस्दा पनि अख्रक्क हुन्छ भने त्यो ड्राइस्किन हो। कसैको मिक्स पनि हुन्छ। त्यसको लागि मिक्स फेसवास लगाउँदा हुन्छ। तर, आफै कागती, चामलको पिठोहरू लगाउँदा त्यो सानो सानो कनिकाले गर्दा छालाको ट्रमा हुन्छ र गार्हो पनि हुन्छ।

छालाको हेरचाह गर्दा छुटाउनै नहुने कुरा के के हुन सक्छन ?
हामी गहुँ गोरो छाला भएको कारणले क्यान्सर हुन्छ कि भनेर डराउनु पर्दैन। हाम्रो स्किनको लागि खानपिन महत्वपूर्ण हुन्छ। त्यसको लागि रक्सी चुरोटहरू धेरै नखाने, कार्बोहाइड्रेट, प्रोटिन, फ्याट वाटर सबै भएको खाने, सागपात बढी खाने, कुन खानाले एलर्जी भयो त्यो पत्ता लगाएर त्यो नखाने। दैनिक रूपमा बाफ लिने र व्यायाम गर्ने। एक पटक कडा क्रिमहरू लगाउँदा पछि नर्मल हुँदैन र धेरै इन्फेक्सन हुन्छ। केही अरू समस्या आएमा नजिकको छाला रोग विशेषज्ञकोमा जाने र सल्लाह लिने गर्नुपर्छ । जाडो बेला गोजीमा सानो बट्टामा मोइस्चुराइजर बोकेर हिँड्ने र समय समयमा हात खुट्टामा लगाई राख्ने। धेरै चिसोको बेला एकै पटक तातोमा नबस्ने, अल्कोहलबाट बच्ने गर्नुपर्छ।

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : १८ बजे

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि