आजको मौसम : हिमपातको सम्भावना, पर्वतारोहणमा सावधानी अपनाउन अपिल | Khabarhub Khabarhub

आजको मौसम : हिमपातको सम्भावना, पर्वतारोहणमा सावधानी अपनाउन अपिल


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन अपिल गरेको छ ।

हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो ।

महाशाखाका अनुसार शुक्रबार हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको पनि प्रक्षेपण गरिएको छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ६ : २१ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको