बाँके-१ मा नयाँ पुरानाको प्रतिस्पर्धा « Khabarhub

बाँके-१ मा नयाँ पुरानाको प्रतिस्पर्धा


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँके निर्वाचन क्षेत्र नं १ मा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग नयाँ उम्मेदवार प्रतिस्पर्धामा छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मन्त्री गहतराजसँग नेकपा (एमाले) का उम्मेदवार युवानेता सूर्य ढकालले चुनावी प्रतिस्पर्धामा छन् ।  

यसअघि विसं २०७४ को निर्वाचनमा गहतराजलाई जिताउन खटिएका एमाले केन्द्रीय सदस्य ढकाल अहिले राप्रपासँगको चुनावी तालमेलमा गहतराजलाई चुनौती दिएका छन् । बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गहतराज दोस्रोपटक यस क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने एमाले नेता ढकालले पहिलोपटक जनताको माझ मत माग्दै छन् । ढकाललाई राप्रपासहितका गठबन्धनको समर्थन छ । बाँके क्षेत्र नं १ का जनताले परिवर्तन चाहेकोले यसपटक आफू जितको नजिक रहेको उम्मेदवार ढकालको दाबी छ । 

‘कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा मैले राजनीतिको धेरै समय र पसिना बगाएको छु, प्रत्येक टोल, बस्ती र घर-घरमा पुगेको छु, त्यसैले म बलियो र विजय नजिक छु’, उनले भने । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका युवा तथा खेलकुदमन्त्री गहतराज भने विगतमा गरेको कामका आधारमा यस क्षेत्रका जनताले पुनः आफूलाई नै निर्वाचित गर्ने दाबी गर्छन् । गठबन्धन दलको साझा उम्मेदवार भएकाले पनि आफू विजयी हुने उनको भनाइ छ ।

यो निर्वाचन क्षेत्रमा पर्ने कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी भएको छ भने नरैनापुरमा जनता समाजवादी पार्टी निर्वाचित भएको छ । यी दुई स्थानीय तहका नौ वडामा एमालेले जित हासिल गरेको छ । नागरिकले व्यक्तिमात्रै होइन, पटक- पटक पार्टीसमेत नयाँ र फरक खोज्दै आएको नागरिक अगुवा डिलबहादुर परियार बताउँछन्। 

यो क्षेत्रमा विगतमा विसं २०४८ मा कांग्रेसबाट सैयदमेराज अहमद शाह, २०५१ र २०५४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारी, २०५६ मा कांग्रेसबाट ज्ञानु केसी, विसं २०६४ मा नेकपा माओवादीबाट तिलक परियार, २०७० मा एमालेबाट देवराज भार र २०७४ मा एमाले-नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का महेश्वरजङ्ग गहतराज निर्वाचित भइसकेका छन् । 

यसैगरी बाँके निर्वाचन क्षेत्र नं १ (१) प्रदेशमा सत्ता गठबन्धनकी उम्मेदवार कृष्णा केसी नमूनासँगै राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीका अमर खड्का प्रतिस्पर्धामा छन् । तीनै जना उम्मेदवारले आफूले निर्वाचन जित्ने दाबीका साथ मतदाताको घरदैलोमा पुगेका छन् । प्रदेशसभा ९२० मा सत्ता गठबन्धनबाट कांग्रेसका फुलाराम थारू र एमालेका दुर्गा थारूबीच चुनावी प्रतिस्पर्धा रहेको छ । उनीहरू दुवै जना पहिलोपटक निर्वाचनमा उम्मेदवार बनेका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : ०७ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का