निर्वाचन नजिकिएसँगै शीर्षनेताहरु मत माग्न व्यस्त « Khabarhub

निर्वाचन नजिकिएसँगै शीर्षनेताहरु मत माग्न व्यस्त


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै शीर्षनेताहरु आफ्नो उम्मेदवारलाई मत माग्न विभिन्न जिल्लामा पुगिरहेका छन् । 

आगामी ४ मङ्सिरमा हुने निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धन र एमाले, राप्रपा, राप्रपा नेपाल, जसपासहितको अर्को गठबन्धन चुनावी मैदानमा छन् । 

आफ्नो गठबन्धन र उम्मेदवारलाई निर्वाचित गराउने उद्देश्यसहित शीर्षनेताहरू दोडाहमा छन् । शुक्रबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्डसहित सत्तारुढ गठबन्धनका शीर्षनेताहरूले चितवनमा हुने कार्यक्रममा सहभागी हुँदै छन् । 

उता एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार सुनसरी पुगेका छन् । धरानमा आयोजित चुनावीसभालाई उनले सम्बोधन गरेका छन् । 

गठबन्धनले एमाले एक्लो भएको बताउन थालेपछि आफूले गठबन्धन गरेको बताएका ओलीले एमालेसँगको सहकार्य गरेकाले राप्रपा र जसपा राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गरे । 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : २१ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय