सूर्य ग्रहणको प्रभाव कुन राशिका मानिसलाई कस्तो पर्नेछ ? | Khabarhub Khabarhub

सूर्य ग्रहणको प्रभाव कुन राशिका मानिसलाई कस्तो पर्नेछ ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज मध्यरातमा सूर्य ग्रहण लाग्ने छ । यो खग्रास सूर्यग्रहण नेपाल लगायत दक्षिण एसियाली मुलुकमा रातिको समयमा लाग्ने भएका कारण अवलोकन गर्न भने पाइने छैन ।

ब्राजिल, अर्जेटिना, चिली, कोलम्बिया, पेरू लगायत प्रशान्त महासागरका क्षेत्रबाट सूर्य ग्रहण देखिने छ ।  नेपालबाट ग्रहण नदेखिए पनि राशि अनुसार ग्रहणको दोष भने पक्कै पर्छ । त्यसका लागि तपाई पहिले नै सचेत हुनु जरुरी छ ।

ज्योतिष शास्त्रका अनुसार सूर्य ग्रहणको प्रभाव १५ दिनसम्म रहन्छ । यो पटकको सूर्य ग्रहण मिथुन राशिमा लाग्ने छ । मिथुन राशिमा लागेको सूर्य ग्रहणको प्रभाव तपाईको राशिमा कस्तो पर्नेछ ज्योतिष एस्ट्रो राजले निम्नानुसारको फलादेश गरेका छन् ।

मेष राशि

यो सूर्य ग्रहण राशिको तेस्रो स्थानमा रहने हुँदा मेष राशिका लागि कार्यक्षेत्रमा प्रभाव पार्न सक्ने देखिन्छ । तपाईले करियरलाई बढाउनका लागि बुद्धिमता अपनाउनुपर्ने देखिन्छ । यो ग्रहणको प्रभावस्वरुप मेष राशिका मानिसलाई भौतिक लाभसँगै आनन्दको अनुभूति हुनेछ । धनको सुख समेत मिल्ने देखिन्छ ।

वृष राशि

सूर्य ग्रहण तपाइको राशिको दोस्रो स्थानमा छ । यसले तपाईलाई लाभ मिल्ने देखिन्छ । सरकारी क्षेत्रमा फाइदा मिल्ने सम्भावना देखिन्छ । तपाईलाई विपरीत लिंगीबाट सुखसँगै तनावको अवस्था समेत देखिन्छ ।

मिथुन राशि

यो सूर्य ग्रहण तपाइको राशिमा लागेको छ । त्यसैले तपाईका लागि यो मिश्रित फलदायी साबित हुने देखिन्छ । जग्गा जमिनको कारबार गर्दा तपाईका लागि शुभ हुनेछ । मिथनु राशिमा सूर्य ग्रहण लागे पनि तपाईको राशिलाई खासै हानी पु¥याउने देखिदैन ।

कर्कट राशि

सूर्य ग्रहण तपाईको राशिको १२ औं स्थानमा छ । यो समयमा तपाईको जीवनमा विभिन्न चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । कानूनी झमेलाहरु आउने प्रबल सम्भावना पनि देखिन्छ । सचेत अपनाउनुहोला ।

सिंह राशि

सूर्य ग्रहण तपाइको राशि के ११ औं स्थानमा छ । यसको प्रभाव स्वरुप प्रतिद्वंदी बलियो बन्ने सम्भावना छ । तपाईलाई प्राप्त हुने अवसर प्रतिद्वन्द्वीले छिन्नेसम्भावना देखिन्छ । यसबाट तपाई सचेत रहनुपर्ने छ । आयआर्जनमा भने सफलता मिल्ने देखिन्छ ।

कन्या राशि

सूर्य ग्रहण तपाईको राशिको १० औं स्थान छ । यसले तपाईको करियरलाई बढ़ावा दिने देखिन्छ । यो तपाईका लागि उत्तम समय समेत रहेको छ । तपाईले आफ्नो जिम्मेवारीलाई सही तवरले निभाउनुभयो भने यसको प्रभाव चाँडै देखिने छ ।

तुला राशि

यो सूर्य ग्रहण तपाईको राशिको नौवें स्थानमा छ । यसको फल तपाईलाई उत्तम मिल्नेछ । यो सूर्य ग्रहणले तपाईका कुनै पनि कामलाई प्रभाव पार्ने छ । सवै काममा शुभ देखिन्छ । आर्थिक लाभ मिल्ने सम्भावना छ । विपरीत लिंगीबाट सहयोग प्राप्त हुने योग छ ।

वृश्चिक राशि

यो सूर्य ग्रहण तपाईको राशिको आठौं स्थानमा छ । यो तपाईको राशिका लागि पनि उत्तम छ । अरुलाई दिएको ऋण उठ्ने सम्भावना देखिन्छ । तपाईको आर्थिक क्षेत्रमा प्रगति हुनेछ । तपाईलाई सुख र सन्तुष्टि मिल्ने छ ।

धनु राशि

सूर्य ग्रहण तपाईको राशिको सातौ स्थानमा छ । यस समयमा तपाई कुनै योजना नबनाउनुहोस् । सूर्य ग्रहणको प्रभाव स्वरुप तपाइका योजना सफल हुने अवस्था देखिँदैन । यो समयमा ऋण लिनु र दिनु दुवै तपाईका लागि शुभ हुने छैन । आर्थिक क्षेत्रमा तपाईले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।

मकर राशि

सूर्य ग्रहण तपाइको राशिको छैठौं स्थान रहेको छ । ग्रहणको समयमा तपाईले व्यक्तिगत तथा व्यावसायिक क्षेत्रमा तपाईले सन्तुलन बनाउनु्पर्ने देखिन्छ । सूर्य ग्रहणको प्रभावस्वरुप धेरै चुनौतीको सामना गर्नुपर्ने दिेखन्छ । ज्यानमा आलश्यता उत्पन्न हुनेछ । धन नाश हुने योग छ । सावधानी अपनाउनु होला ।

कुम्भ राशि

सूर्य ग्रहण तपाइको राशिको पाँचौ स्थानमा रहेको छ । यसको प्रभाव स्वरुप जीवनसाथीसँग खटपट पर्ने छ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । परिवारबाट क्षणिक शुख मिल्ने भए पनि दुःखको सम्भावना पनि उत्तिकै देखिन्छ । त्यसैले यो समयमा तपाईले आफ्ना काममा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

मीन राशि

यो सूर्य ग्रहण तपाइको राशिको चौथे स्थानमा छ । मीन राशि भएका विद्यार्थीहरुका लागि उत्तम समय रहनेछ । अपत्यारिलो तरिकाले तपाईलाई धन प्राप्ति हुन सक्ला । जागिर र व्यापार व्यवसायमा उन्नति प्रगति हुने देखिन्छ । कानूनी झमेला पर्ने सम्भावना भने रहेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ८ : ५० बजे

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा