स्थानीय तहमा नमूना मतदान कार्यक्रम « Khabarhub

स्थानीय तहमा नमूना मतदान कार्यक्रम


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालयले जिल्लाका दुई स्थानीय तहमा नमूना मतदान कार्यक्रम गरेको छ । यहाँको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमूना मतदान कार्यक्रम गरिएको उक्त कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।

सिन्जामा ३७ जनाले नमूना मतदान गरेकामा आठ मत बदर भएको कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर भएको सूचना अधिकारी अविन्नद चौलागाईँले बताए ।  उक्त मतदानमा ८५ जना सहभागी भएका भएका थिए  । 

नमूना मतदानमा जम्मा २० मत बदर भएका छन् । दुवै स्थानीय तहको बदर भएका मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिएको बताइएको छ । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ ।

जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमूना मतदानबाट पनि मतदानका विषयमा जानकारी दिने लक्ष्य लिइएको उक्त कार्यालयका प्रमुख शर्माले जानकारी दिए । जिल्लाभर कुल एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ ।

जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा निर्वाचन ९१० मा ३६ हजार सात सय ८३ र प्रदेशसभा ९२० मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभासदस्यका लागि निर्वाचन हुँदै छ ।  

कारागारबाट भोट हाल्दै

उक्त निर्वाचनमा जिल्ला कारागारबाट १४ कैदीबन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने भएका छन् । नेपाल सरकारले कैदीबन्दीलाई पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेपछि कारागारमा एक सय सात कैदीबन्दीमध्ये १४ जनाले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका कारागार प्रमुख विष्णुबहादुर महतले बताए । निर्वाचन आयोगले माग गरेबमोजिम कारागारबाट एक सय सात बन्दीको नामावली पठाइएकामा १४ जनाको अन्तिम नामावलीमा नाम देखिएका निर्वाचन कार्यालयका प्रमुख शर्माले जानकारी दिए ।

यसैगरी जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीसहित एक हजार मतपत्र समानुपातिकतर्फ आएको छ । जिल्लामा एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ४ : ०५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको