महानगरपालिकाद्वारा खुलारूपमा आगो बाल्ने र फोहर जलाउने काममा प्रतिबन्ध « Khabarhub

महानगरपालिकाद्वारा खुलारूपमा आगो बाल्ने र फोहर जलाउने काममा प्रतिबन्ध


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने काममा प्रतिबन्ध लगाएको छ । खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले आज जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ ।

यस्ता कामले देशको राजधानीसमेत रहेको शहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा प्रतिबन्ध लगाइएको हो । लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहर जलाउने गरेको देखिएकाले यस्ता काममा रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महानगरपालिका वरपरका नगरपालिकामा पनि खुलारूपमा आगो बाल्ने र फोहर जलाउने गरिएको छ । 

प्रतिबन्धका बावजुद यस्ता काम कहीँकतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ६ : १६ बजे

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको

ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्