महानगरपालिकाद्वारा खुलारूपमा आगो बाल्ने र फोहर जलाउने काममा प्रतिबन्ध | Khabarhub Khabarhub

महानगरपालिकाद्वारा खुलारूपमा आगो बाल्ने र फोहर जलाउने काममा प्रतिबन्ध


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने काममा प्रतिबन्ध लगाएको छ । खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले आज जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ ।

यस्ता कामले देशको राजधानीसमेत रहेको शहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा प्रतिबन्ध लगाइएको हो । लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहर जलाउने गरेको देखिएकाले यस्ता काममा रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महानगरपालिका वरपरका नगरपालिकामा पनि खुलारूपमा आगो बाल्ने र फोहर जलाउने गरिएको छ । 

प्रतिबन्धका बावजुद यस्ता काम कहीँकतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ६ : १६ बजे

राप्रपाले पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिष्कारलाई निरन्तरता दिएको

रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार, आन्दोलनबाट पछि नहट्ने अडान

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा पार्टीले राखेको

कानुन मन्त्रीले भने- बहुविवाहबारेको व्यवस्थालाई छलफल गरेर मात्रै टुंगोमा पुर्‍याउँछौँ

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मुलुकी

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

घोराही– दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै रु १०

प्राधिकरण विभाजनसम्बन्धी विधेयक एकसाथ अगाडि बढाइने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल नागरिक