चुनावीसभालाई कांग्रेसका महामन्त्री शर्मा र सिटौलाद्वारा सम्बोधन « Khabarhub

चुनावीसभालाई कांग्रेसका महामन्त्री शर्मा र सिटौलाद्वारा सम्बोधन


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आज गठबन्धनको चुनावीसभालाई संयुक्त सम्बोधन गरेका छन् ।

चन्द्रगढीमा लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति भद्रपुर वार्ड नं ७, ८, ९ र १० द्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ का उम्मेदवार शर्मा र क्षेत्र नम्बर ३ का उम्मेदवार सिटौलाले सम्बोधन गरेका हुन् । उनीहरू दुवै जनाले गठबन्धन चुनावका लागि मात्र नभएर निर्वाचनपछि पनि निरन्तर रहने बताएका छन् । 

नेता सिटौलाले मुलुकको आमूल परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा मात्र सफल भएको भन्दै क्षेत्र नं ३ बाट जनताका लागि पनि आफूले जित्नै पर्ने बताए । यसैगरी कांग्रेस महामन्त्री शर्माले देशमा सुशासन कायम गर्दै  भ्रष्टाचार नियन्त्रण गर्न गठबन्धनको जित आवश्यक रहको बताएका । उनले झापा क्षेत्र नं १ को शिक्षा, स्वास्थ्यलगायतका विकास निर्माणका लागि आफ्नो जित सुनिश्चित भएको बताए । उनले  विगतको केपी ओली नेतृत्वमा रहेको सरकारका कारण मुलुकले विभिन्न सङ्घर्ष गरेर ल्याएको संविधान धरापमा पर्ने अवस्थामा गठबन्धनले संविधानलाई जोगाएको बताए ।  

कार्यक्रममा प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेदवार सरिता प्रसाईं, प्रदेशसभातर्फका उम्मेदवारहरू श्यामवीर लिम्बू, गोपाल तामाङ, भूमिप्रसाद राजवंशीलगायतले संविधानको संरक्षण र विकासका लागि गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ६ : २७ बजे

भक्तपुर दरबार क्षेत्रमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९