‘अबको मुख्य सवाल दिगो विकास र स्वदेशमै रोजगारी हो’ « Khabarhub

‘अबको मुख्य सवाल दिगो विकास र स्वदेशमै रोजगारी हो’


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अबको मुख्य सवाल दिगो विकास रहेको बताएका छन् । शुक्रबार काठमाडौंको टोखा नगरपालिका वडा नं-६ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं-५ को प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नेता पौडेलले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचनपछि राजनीतिक अवस्थालाई परिवर्तन गरि सुव्यवस्था कायम गर्ने, दिगो विकास कायम र स्वदेशमै रोजगारी लगायतका सवाल मुख्य हुने बताए । त्यसैगरी विश्वका विभिन्न सफल मानिसहरुको उदाहरण दिँदै हामीले हाम्रो परिचय आ-आफ्नो कर्मबाट बनाउनुपर्ने बताए ।

‘हामी कुन गाउँबाट आयौँ कुन ठाउँबाट आयौँ, त्यो मुख्य सवाल होइन, यस्ता कुरा कुनै काम नगर्ने ले बहाना बनाउने हो, काम गर्ने ले जहाँ गएर नी काम गर्न सक्छ, सन्तोष साह ले बिबिसि सेफमा चर्चा कमाएर सिङ्गो देशको इज्जत राखे, अमेरिकी उप राष्ट्रपति कमला ह्यारिसले लगाउनु भएको कोट नेपाली फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गर्नु भएको कुराले संसार भरी चर्चा भयो । हामी अहिले ग्लोबल सिटिजन भएर बाँचेका छौं, त्यसैले हामीले हाम्रो परिचय हाम्रो कर्मले बनाउने हो ।’ उनले भने ।

त्यसैगरी नेताहरूले राजनीतिमा के कति कामहरू गरेको कुरा जनताको मन जित्न सक्यौँ वा सकेनौँ भन्ने कुराले निर्धारण गर्ने बताए ।

‘हामीले राजनीतिमा पनि के कस्ता काम गर्यौ, जनताको मन जित्न सक्यौ सकेनौँ भन्ने कुराले निर्धारण हुन्छ ।’ उनले भने, ‘काम गर्न कसले सक्छ त्यो तपाईंले हेर्ने विषय हो, कसको प्रतिवद्धता के थियो र कति पूरा भयो भन्ने आधारमा मूल्याङ्कन गर्ने हो । उसले उठाएका मुद्दा के कस्ता छन् हामीले त्यो हेर्ने हो ।’

त्यसैगरी आफूसँग बालबालिकाको लागि राम्रो शिक्षा, युवाहरूको लागि रोजगारी र वृद्धवृद्धाका लागि राम्रो स्याहारको व्यवस्थासहितको एजेण्डा रहेको बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ६ : ४३ बजे

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि

स्पेन–अस्ट्रिया खेलअघि यस्तो छ दुवै टोलीको अवस्था

काठमाडौं – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा – बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका