देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्छ : ओनसरी घर्ती « Khabarhub

देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्छ : ओनसरी घर्ती


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) की नेत्री एवं पूर्वसभामुख ओनसरी घर्तीले देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्ने बताएकी छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार घर्तीले आज यहाँ आयोजित घरदैलो कार्यक्रममा देशमा शान्ति, समृद्धि, स्थिर सरकार र संविधानको रक्षा गठबन्धनले मात्र पूरा गर्न सक्ने बताएकी हुन् ।

‘संविधानको रक्षा गर्दै जनताका आधारभूत आवश्यकतालाई सहज बनाउने काम गठबन्धनबाट मात्र सम्भव छ, आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्ने विश्वास लिएको छु’, उनले भनिन् ।

नेत्रृ घर्तीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर दुईपटक संसद् विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको बताईन् । अहिलेको व्यवस्था जोगाउन गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उनको भनाइ थियो । उनले विगत पाँच वर्षमा जनप्रतिनिधिबाट मतदाता सन्तुष्ट नभएको पाइएको बताउँदै आगामी पाँच वर्षमा जनताको आवश्यकतालाई पूरा गर्न आफू लाग्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : ५८ बजे

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।