अन्तरविद्यालय बास्केटबल : इनोभेटिभ क्वाटरफाइनलमा « Khabarhub

अन्तरविद्यालय बास्केटबल : इनोभेटिभ क्वाटरफाइनलमा


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा इनोभेटिभ प्रवेश गरेको छ।

महिलातर्फको खेलमा इनोभेटिभले लोकआदर्शलाई ६–२ ले पराजित गर्‍यो। इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन्। दियाको ४ अंक सहयोगमा न्युभिजनले जेसेसलाई १६–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

जुनियर ब्वाइजमा भ्याली भ्यूले ओसिसलाई ९–२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गर्‍यो। भ्याली भ्यूका रोहित शर्माले ४ अंक जोडे। सिनियर ब्वाइजमा पुष्पसदनले जुबिलियन्टलाई २६–१४, आयोजक रेडिअन्ट पब्लिकले रेडिअन्ट रिडर्सलाई ३८–१६, हार्टल्यान्डले हेम्सलाई ३६–२९ र जेनिथले द एक्सेल्सियरलाई ३६–७ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए।

पुष्पसदनका मिलन कुँवरले १३, रेडिअन्ट पब्लिकका सुवास गौतमले १२, हार्टल्यान्डका प्रशान्त धामीले १५ र जेनिथका सुशिल शाहीले १७ स्कोर गरे।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : १४ बजे

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक

युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता

लन्डन- रूसमा हालै भएका युक्रेनी ड्रोन आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने

काठमाडौं– सरकारले नागरिकले स्वास्थ्य उपचारमा व्यहोर्नुपर्ने व्यक्तिगत खर्च घटाउँदै स्वास्थ्य